बैंक तथा वित्तीय क्षेत्रमा ठुलो संख्यामा कर्मचारी आवश्यक्ता (सूचनासहित) « Arthapath.com
३ मंसिर २०७७, बुधबार

बैंक तथा वित्तीय क्षेत्रमा ठुलो संख्यामा कर्मचारी आवश्यक्ता (सूचनासहित)



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न उच्च पदमा कर्मचारी माग गरेको छ । सुचना प्रकाशित मितिले १५ दिन भित्र निवेदन दिन सकिने छ ।

त्यस्तै, ग्लोवल आईएमई बैंकले विभिन्न तहमा कर्मचारी मागेको छ । बैंकले एक सूचना प्रकाशित गरी बैंकको लागी विभिन्न तहमा कर्मचारी माग गरेको हो ।

Apply from herehttps://career.gibl.com.np for Global IME Bank

त्यस्तै, सिटिजन्स बैंकले हालका शाखाहरु तथा नयाँ शाखाहरुका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट मेनेजर, सिनियर अफीसर लगायतका पदमा आवेदन खुलाएको हो । इच्छुक व्यक्तिले नोवेम्बर २२ सम्म आवेदन दिन सक्ने जनाइएको छ ।

To Apply Click Here For Citizen Bank

त्यस्तै, सनराइज बैंकले इन्टर्नसिपको लागि सूचना प्रकाशित गरेको छ । यसका लागि बैंकले ३१ डिसेम्बरसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस् apply now

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ब्रान्च मेनेजर, रीलेसनसिप अफीसर, अपरेसन इन्चार्ज, रीस्क अफीसर लगायतका पदमा कर्मचारीको माग गरेको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सले ब्रान्च म्यानेजर, डिजिटल बैंकिंग अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्ट लगायतका पदमा कर्मचारीको माग गरेको छ । सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने छन् ।

त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाले अधिकृत प्रशासन विभाग, कनिष्ठ अधिकृत र वरिष्ठ सहायक–सूचना प्रविधि विभागमा केही कर्मचारीको माग गरेको छ ।

त्यस्तै, आइसीएफसीले फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

 साना किसान विकास लघुवित्तले विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको छ । संस्थाले ब्यबसाय प्रबर्दन अधिकृत पदका लागि ११ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्य पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्