मंगलबार नेप्से सामान्य अंकले बढ्यो, ६ अर्बको कारोबार « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

मंगलबार नेप्से सामान्य अंकले बढ्यो, ६ अर्बको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पदनभरिको उतारचढाव पछि सामान्य अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से मंगलबार भने २ अंकले बढेको हो । मंगलबार नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ अंकमा बन्द भएको छ ।

मंगलबार दिनभरिमा २१३ कम्पनीको ६८ हजार ३१९ सेयर कित्ता किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै ६ समूहमा हरियाली छाएको छ भने ७ समूहकोमा राताम्य छाएको हो । माइक्रोफाइनान्स समूहको सर्वाधिक १३७.८२ अंकले बढेको छ भने जीवन बीमा समूहको सर्वाधिक ६४.२३ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्