नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता ७१७ रुपैयाँ

काठमाडौं । एनआइसी एशिया बैंकको लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर बिक्रीका आएमा आएको छ । कोषको २५ हजार कित्ता संस्थापक सेयरमा चैत २० गते भित्र इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ वा सो वा भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ
बोलपत्र विक्री प्रबबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं तथा शाखा कार्यालय बुटवल, धनगढी र सुर्खेतमा प्राप्त गर्न र पेश गर्न सकिने छ ।