थ्रीस्टार हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

थ्रीस्टार हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी नयाँ वर्ष २०८१ वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा हकप्रद सेयर निष्कासनको मुख्य प्रस्ताव पेश हुने छ ।

सभामा संचालकको समेत निर्वाचन हुनेछ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने भएको हो ।

यस्तै, गत आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, चालु आवका लागि लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्