भव्य बन्यो जनउत्थान सामुदायिक लघुवित्तको १४औं वार्षिकोत्सव « Arthapath.com
२७ चैत्र २०८०, मंगलवार

भव्य बन्यो जनउत्थान सामुदायिक लघुवित्तको १४औं वार्षिकोत्सव



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ। कम्पनीले विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशकले नेपालमा रहेका लघुवित्तहरु मध्ये जनउत्थान सामुदायिक लघुवित्तको उदेश्य तथा लक्षित समुदाय अलि फरक रहेको बताए ।

उनले पछिल्लो समय बजारमा विभिन्न समुहहरुले लिएको ऋण तिर्नु पर्दैन राज्यले मिनाह गर्छ भन्ने खालका भ्रामक सन्देशहरु सम्प्रेषण भइरहेको बताए । तर, त्यसका पछि नलागी आफूले लिएको ऋणको सही सदुपयोग गरी तिर्नु पर्ने साँवा तथा ब्याज समयमा तिर्नु एक असल ऋणीको पहिचान रहेको बताए ।

वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

सामुदायिक विद्यालयहरुमा पंखा, वाटर फिल्टर लगायत भौतिक सामाग्री वितरण, दृष्टि विहीन, स्वास्थ्य संस्थाहरुमा भौतिक सामाग्री वितरण, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण गरिएको थियो ।

यस्तै रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, फलफुल वितरण, स्थानिय प्रहरी चौकीहरुमा भौतिक सामाग्री वितरण, मन्दिर परिसर सरसफाई, कृषक सदस्यहरुलाई विऊ विजन वितरणा लगाएतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट सृर्जनात्मक कार्यहरु गरी मनाएको हो । हाल कम्पनीले १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्