सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चरबीच सम्झौता « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चरबीच सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रालि बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर गई एकल बंजी गर्दा १ हजार र जोडी बंजी गर्दा १ हजार ५०० रुपैयाँसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्