एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट



काठमाडौं । नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाताको खोल्दा बम्पर छुट दिने भएको छ ।

एसईई परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट दिने भएको हो । उक्त छुट आगामी जेष्ठ मसान्तसम्म लागू हुने छ ।

योजनाअन्तर्गत निशुल्क डिम्याट र १ वर्षको डिम्याट तथा मेरो सेयरको नविकरणमा शुल्कमा ५० प्रतिशत, निशुल्क डिम्याट खाता खोली आजिवन नविकरणमा ८०.१४ प्रतिशत र आजिवन डिम्याट तथा मेरो सेयर नविकरणमा ८२.३१ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । हाल यी योजनाहरुमा क्रमशः १०० रुपैयाँ, १ हजार ४९९ रुपैयाँ र १ हजार ९९९ रुपैयाँ लाग्नेछ ।

खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुप गर्ने विश्वास कम्पनीले लिएको छ ।

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ ।

यस सम्बन्धी थप जानकारीका लागी कम्पनीको वेवसाइट जततउकस्ररधधध।लकmद।िअयm।लउ मा हेर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्