इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन पाउने « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन पाउने



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी गदै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

व्यवस्थापन प्रशिक्षार्थीका लागि केही र अधिकृतका लागि, कनिष्ठ सहायक तालिमका लागि केहीसंख्या र सहायकका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको लघुवित्तले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

कनिष्ठ सहायकका लागि एसईई, प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको व्यवस्थापन प्रशिक्षार्थीका लागि स्नातक वा सो सरह परिक्षा उर्तिण गरेकाले आवेदन दिन पाउनेछन् ।

योग्यता पुगेका इचछुक अवेदकले मंसिर १० गतेभित्र आवश्यक कागजात सहित यहाँ गएर आवेदन फारम भर्न सकिन्छ । तलब तथा सुविधा लघुवित्तको नियम अनुसार हुने सुचनामा उल्लेख गरिएको छ ।

May be an image of text


प्रतिक्रिया दिनुहोस्