जाल्पा सामुदायिक लघुवित्तमा कर्मचारी चाहियो « Arthapath.com
२५ चैत्र २०७८, शुक्रबार

जाल्पा सामुदायिक लघुवित्तमा कर्मचारी चाहियो



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले एक सूचना जारी गर्दै कनिष्ठ अधिकृत पदका लागि १ जना र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जानकारी दिएको छ । लघुवित्तका अनुसार कनिष्ठ अधिकृत पदका प्रविणता तह वा सो सरह उतीर्ण गरी बैंक तथा वित्तीय संस्थामा बरिष्ठ सहायक पदमा कम्तिमा ३ बर्ष तथा सुपरभाइजर पदिमा कम्तिमा २ बर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै, कनिष्ठ सहायक पदका लागि इसईई वा सो सरह परीक्षा उतीर्ण गरी बैंक तथा वित्तीय संस्था तथा लघुवित्त सम्वन्धी कार्य गर्ने सहकारी संस्थामा कम्तिमा ६ महिना कार्य गरेको हुनुपर्ने छ ।

इच्छुक ब्यक्तिले बैशाख ९ गते शुक्रबारसम्म लघुवित्तको इमेलमा आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्