साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम दिन « Arthapath.com
३० असार २०७९, बिहीबार

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम दिन



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले असार २ गते एक सूचना प्रकाशित गर्दै १० जना कर्मचारी माग गरेको हो । उक्त रोजगारीको अवसरमा आवेदन दिने भोलि (असार ३१ गते) गते अन्तिम दिन रहेको छ ।

लघुवित्तले प्रबन्धक, अधिकृत द्धितीय तह ८ का लागि २ जना, बरिष्ठ अधिकृत, अधिकृत तृतीय तह ७ का लागि २ जना, बरिष्ठ सहायक (सूचना प्रविधि), सहायक प्रथम तह ५ का लागि १ जना, सहायक, सहायक द्धितीय तह ४ का लागि २ जना मागेको छ । साथै, सहायक, सहायक द्धितीय तह ४ का लागि १ जना र सहायक, सहायक द्धितीय तह ४ का लागि १ जना मागेको हो ।

जसका लागि लघुवित्तले वाणिज्यशास्त्र वा ब्यवस्थापनमा प्रमाणपत्र तह वा प्लस टू उत्तिर्ण देखि स्नातक उत्तिर्णसम्मको माग गरेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ३१ गतेसम्म र सो पछि दोब्बर दस्तुर तिरी साउँन ६ गते भित्र  jobs.skbbl.com.np/rec  मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्