नेको इन्स्योरेन्सको सीईओमा अशोक खड्का

काठमाण्डौं । नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अशोक खड्का चयन भएका छन । खड्का यसअघि डेपुटी सीईओ रहेका थिए ।
नेकोमा सीईओ रहेका विश्वराम तिमिलाको ४ वर्षे कार्यकाल गत जेठमसान्तमा सकिएको थियो । ५ वर्ष अघि माछापुच्छ्रे बैंक छाडेर खड्का नेको इन्स्योरेन्सको सल्लाहाकार हुँदै डेपुटी सीईओ रहेका थिए ।
अशोक खड्काले भोली २२ गते बुधबारदेखी कार्यभार सम्हाल्ने नेकोका चिफ विजनेश अफिसर विशाल कुमार थापाले बताए ।
पछिल्लो समय बजारमा राम्रो व्यावसाय गरिरहेको नेको इन्स्योरेन्सले ४ वर्षका लागी खड्कालाई नियुक्त गरेको हो । उनले हालको नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, स्टाडर्ड फाइनान्स र माछापुच्छ्रे बैंकमा गरेर २ दशक बैंकिङमा विताइसकेका छन ।