एशियन लाइफले वेल्थ म्यानेजमेन्टको ५१ प्रतिशत सेयर खरिद गरी सहायक कम्पनी बनाउने « Arthapath.com
८ असार २०७८, मंगलवार

एशियन लाइफले वेल्थ म्यानेजमेन्टको ५१ प्रतिशत सेयर खरिद गरी सहायक कम्पनी बनाउने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमकाबीच एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने सम्झौता भएको हो ।

एशियन लाइफ इन्स्योरेन्सले वेल्थ म्यानेजमेन्टको ५१ प्रतिशत सेयर किन्ने भएको हो । साथै वेल्थ म्यानेजमेन्ट बीमा क्षेत्रमा एसियन लाइफको पहिलो सहायक कम्पनी पनि हुने छ । सेयर खरिदपश्चात् वेल्थ म्यानेजमेन्टको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम हुनेछ ।

वेल्थ म्यानेजमेन्टले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा (डीपी) प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृति लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्टका अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्