बीमा समितिको आँखा छल्दै नेपाल लाइफले डीसीईओमा पराजुलीलाई तान्दै « Arthapath.com
१२ पुष २०७८, सोमबार

बीमा समितिको आँखा छल्दै नेपाल लाइफले डीसीईओमा पराजुलीलाई तान्दै



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीको कार्यकाल सकिएको छ । ४ बर्ष अघि रिलायन्सको सीईओमा नियुक्त भएका पराजुलीको पहिलो कार्यकाल यसै महिना सकिएको हो । तर कम्पनीले पराजुलीलाई दोस्रो कार्यकाल थप नगर्ने भएको छ ।

यता नेपाल लाइफको कात्तिकदेखि सीईओ पद रिक्त छ । रिलायन्सले पराजुलीको कार्यकाल थप नगर्ने भएपछि नेपाल लाइफले सीईओ पराजुलीलाई तान्ने भएको हो । रिलायन्स लाइफले पराजुलीको कार्यकाल नथप्ने थाहा पाएपछि नेपाल लाइफले पराजुलीसँग छलफल शुरु गरेको स्रोतले बताएको छ ।

बीमा समितिको आँखा छल्दै नेपाल लाइफले पराजुलीलाई तान्न खोजेको हो । हालललाई नेपाल लाइफले पराजुलीलाई डेपुटी डीसीईओको रुपमा भित्र्याउने तयारी थालेको हो । पराजुली नेपाल लाइफमा ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा काम गर्नेछन् । पराजुलीको ६ महिना कुलिङ पिरियड हुन्छ । ६ महिनापछि मात्रै उनले नेपाल लाइफ सीईओको जिम्मेवारी पाउनेछन् ।

यसरी बीमा समितिको आँखा छलेर उनी नेपाल लाइफमा डीसीईओ बन्ने र ६ महिनापछि सीईओ पद पड्काउने छन् । बेला बेलामा गैरकानुनी काम गर्दै आएको कम्पनीले पराजुलीलाई डीसीईओ बनायो भने यो पटक पनि ६ महिना बीमा समितिको आँखा छल्नेछ । सीईओ पराजुली रिलायन्स छाडेर पौष महिनाभित्र नै नेपाल लाइफ जान लागेको बताईएको छ ।

बैंकबाट सीईओ ल्याएर पराजुलीलाई डीसीईओमा राख्ने तयारी थालेको हो । यदि पराजुली नेपाल लाइफको डीसीइओ बने अझै ६ महिनासम्म कम्पनी सीईओ विहीन हुनेछ । बीमा समितिको संस्थागत सुशासनको धज्जी उडाउदै नेपाल लाइफले पराजुलीलाई ल्याउने अन्तिम तयारी थालेको हो ।

नेपाल लाइफका पूर्व सीईओ सन्तोष प्रसाईले नियुक्त भएको ९ महिनामै बाहिरिएका थिए । प्रसाईको राजीनामा कात्तिक २१ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गरेको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरेपनि छोटो समयमा नै राजीनामा दिन बाध्य भएका थिए । सञ्चालक समितिसँग उनको राम्रो सम्बन्ध नभएका कारण उनले राजीनामा दिनु परेको थियो । प्रसाईले स्वस्फूर्त रुपमा काम गर्न नपाएपछि राजिनामा दिएका हुन् । उनले गरेको काममा सञ्चालकले हस्तक्षेप गरेपछि उनी राजीनामा दिन बाध्य भएका थिए ।


प्रतिक्रिया दिनुहोस्