नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेप लगानी गर्ने भएको छ । कम्पनीको लगानी योग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यलय समयमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने सकिन्छ । उक्त फाराम कम्पनीको वेभसाईट मा उपलब्ध रहेको छ ।

साथै प्रस्तावको मान्य अवभि एक महिनाको हुने पर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्