आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा प्राप्त शिलबन्दी बैशाख २८ गते खोलिदै « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा प्राप्त शिलबन्दी बैशाख २८ गते खोलिदै



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी बुधबार (बैशाख २८ गते) खोलिदै छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान ८.२३० बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने भएको हो ।

इन्स्योरेन्स कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २१ गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको थियो । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर गरी कूल ९१ हजार १९५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको थियो ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्