सानिमा जनरल इन्स्योरेन्सको अधिकांश सूचांकमा आकर्षक सुधार « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

सानिमा जनरल इन्स्योरेन्सको अधिकांश सूचांकमा आकर्षक सुधार



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ८०.५४ प्रतिशतले बढेर १० करोड ५० लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५ करोड ८१ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क ६०.६८ प्रतिशतले बढेर २२ करोड २४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८६.२९ प्रतिशतले बढेर ६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ करोड ५८ लाख ८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७५.०१ प्रतिशतले बढेर १३ करोड २९ लाख २९ हजार रुपैयाँ, महाविपत्ती कोष ३५.२३ प्रतिशतले बढेर १ करोड १६ लाख ९२ हजार रुपैयाँ, बीमा कोष ६९.४९ प्रतिशतले बढेर १४ करोड ५२ लाख ८७ हजार रुपैयाँ, कुल बीमा शुल्क आम्दानी ५५.१० प्रतिशतले बढेर ७२ करोड ६ लाख २७ हजार रुपैयाँ र ब्यवस्थापन खर्च ४२.०९ प्रतिशतले बढेर ११ करोड ८९ लाख २ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्