अभिकर्तालाई वितरण गरिएको नगद कर्जा आषाढभित्र उठाइसक्न समितिको निर्देशन « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

अभिकर्तालाई वितरण गरिएको नगद कर्जा आषाढभित्र उठाइसक्न समितिको निर्देशन



काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा अभिकर्ताहरूलाई वितरण गरिएको नगद कर्जा असुल गर्न निर्दशेन दिएको छ । समितिले चालु आर्थिक बर्षभित्रै अभिकर्ताहरुलाई वितरण गरिएको नगद कर्जा असुल गर्न निर्देशन दिएको हो ।

बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कर्जा प्रवाह गर्ने गर्दछन् । तर बीमा समितिले उक्त कर्जा असुल गर्न निर्देशन दिएको हो । समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नै बारम्बार ताकेता दिन थालेपछि कम्पनीहरूलाई पुनः यस्तो निर्देशन दिएको हो ।

यसअघि बीमा समितिले गत बैशाख २ गते यस्तो कर्जा असुल गर्न निर्देशन दिएको थियो । तर समितिले आषाढ मसान्तसम्म वितरण गरेको सम्पूर्ण नगद कर्जा असुल गरी सोको जानकारी दिन निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्