‘अबका दिनमा पुनर्बीमा व्यवसाय सहज छैन, प्रतिस्पर्धा निकै डरलाग्दो छ’ : अध्यक्ष डा. घिमिरे « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

‘अबका दिनमा पुनर्बीमा व्यवसाय सहज छैन, प्रतिस्पर्धा निकै डरलाग्दो छ’ : अध्यक्ष डा. घिमिरे



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रबिन्द्र घिमिरेले पुनर्बीमा व्यवसायका लागि आगामी दिन सहज नुहने बताएका छन् ।

अध्यक्ष घिमिरले पुनीबीर्मा व्यवसायका लागि अब दिन त्यति सहज सहज नहुने र धेरै खालका जोखिमहरुको सामना गनुपर्ने अवस्था रहेको बताए । नेपाल पुर्नीबीमा कम्पनीको ९औं वार्षिक साधारण सभामा अध्यक्ष घिमिरले यस्तो बताएका हुन् ।

उनले भने,–‘प्रतिस्पर्धा निकै डरलाग्दो छ, सूचना प्रविधिको प्रयोगबाट लागत घटाउनु पर्ने अवस्था छ। पुनर्बीमाको विश्व बजारलाई बुझने, विश्लेषण गर्ने र निर्णय गर्न सक्ने दक्ष जनशक्तिको अभाव छ । बीमा बजारको बुद्धि न्यून हुने प्रक्षेपण गरिएको छ । युद्ध, मुद्रास्फिती, वैदेशिक मुद्रा सटहीदरमा वृद्धि जस्ता कारणले व्यवसायमा असर गर्ने देखिन्छ । यी सबै खालका जोखिमलाई व्यवस्थापन गर्ने सक्ने सवल नेतृत्व विकास गर्ने चुनौती नेपाल रि लाई छ ।’

सोही अवसरमा उनले थपे,– ‘म बीमा कम्पनीका सिइओ साथीहरुलाई अनुरोध गर्न चाहन्छु नेपाल रि देशको ध्वजा बाहक पुनर्बीमा हो, यो तपाईंहरुद्वारा स्थापित कम्पनी हो, कम्पनी सफल हुदा तपाईंहरु पनि सफल हुनुहुन्छ, कम्पनी असफल हुँदा तपाईंहरु पनि असफल भएको ठहर्छ। हामी हाम्रा लगानीकर्ता तथा व्यावसायिक साझेदारहरुलाई आश्वस्त गराउन चाहन्छौ कि नेपाल रि तपाईंहरुको साथमा छ ।’

उनले नयाँ बीमा प्रडक्ट ल्याउने विषयमा बीमा कम्पनीहरुलाई सहयोग गर्न तयार रहेको र यसको लागि प्रस्तावको प्रतिक्षामा रहेको बताए । सोही अवसरमा अध्यक्ष घिमिरेले बीमा उद्योगमा कार्यरत कर्मचारीलाई आवश्यक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा तालीम, सेमिनार, कार्यशाला आयोजना गरी ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्दै आएको जानकारी गराए ।

नेपाल रिले अग्रस्थानमा रहेर नेपालको जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा पनि विशाल जोखिमका लागि सहरक्षावरण कोषको स्थापना गर्ने, कम्पनीको वित्तीय अवस्था सबल बनाउँदै लैजाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्धलाई अझै सुमधुर बनाउने, समग्र बीमा उद्योगको प्रवर्द्धन र विस्तार गर्ने, गुणस्तरीय मानव संशाधन विकास र बीमा क्षेत्रको अनुसन्धान, प्रकाशन, तथा जनचेतना अभिवृद्धिका लागि आवश्यक योगदान गर्ने काममा हामी प्रतिबद्ध भएको अध्यक्ष घिमिरेले जानकारी गराए ।

Tags :

प्रतिक्रिया दिनुहोस्