जीवन बीमक संघको अध्यक्षमा सिटिजन लाइफका सीईओ पोषकराज पौडेल « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

जीवन बीमक संघको अध्यक्षमा सिटिजन लाइफका सीईओ पोषकराज पौडेल



काठमाडौं । सिटिजन लाइफ इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल जीवन बीमक संघको अध्यक्षमा चयन भएका छन् ।

शुक्रवार सम्पन्न संघको साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको छ । समितिको उपाध्यक्षमा नेपाल लाईफका सिईओ प्रवीण रमण पराजुली, महासचिवमा ज्योती लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश विक्रम खत्री र कोषाध्यक्षमा एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेश लाल श्रेष्ठ चयन भएको छन् ।

यस्तै नयाँ कार्य समिति सदस्यहरूमा एलआईसी नेपालका एलपि दास , रिलायबल नेपाल लाइफका नारायण बाबु लोहनी‌, आइएमई लाइफका कवि फुयाललाई चयन भएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्