नेशनल लाइफले सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्तीमा अग्रणी भूमीका खेल्छ: अध्यक्ष प्रेमा सिंह « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

३४औंवार्षिक साधारण सभा

नेशनल लाइफले सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्तीमा अग्रणी भूमीका खेल्छ: अध्यक्ष प्रेमा सिंह



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा सिंह आउने दिनहरुमा कम्पनी एक मूख्यबीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीकानिर्वाह गर्ने बताएकी छन् । कम्पनीको ३४औं वार्षिक साधारण सभा बोल्दैं सिंहले यस्तो बताएकि हुन ।

सभामा अध्यक्षले विगतमा कोभिड १९ को महामारी सबैको लागिचिन्ताको विषय भएपनि हालआएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको बताए । नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७÷०७८ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गर्नु भयो । लामो समय पश्चातबीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी ब्यक्त गर्दै यस वाट नियामक निकायलाई बीमा क्षेत्र थपनियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ बृद्धिहुने विश्वास ब्यक्त गर्नु भयो ।

आ.व.२०७७÷०७८मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमा शुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३प्रतिशतले बृद्धिभईरु.४,२०४ करोड पुगेको र कूल लगानी२३.२०प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानीगर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७÷०७८मा ९.६७ प्रतिशतकायम रहेको छ ।

कम्पनीले नेपालगंज स्थितआफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचनाप्रविधि क्षेत्रलाई अद्यावधिकगर्ने कार्यमानिरन्तर लगानीगर्नेछ । यसै गरी कम्पनीको आ.व.२०७७÷०७८ को बीमाङ्कीयमूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीयनिकायको निर्देशनअनुसार पर्याप्त Future Bonus Provisioning गरेर बीमितहरुलाई दिइआएको वोनस दरमायथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्वबीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाईलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न ३ वर्षको लागि वित्तिय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

३४ औं वार्षिक साधारण सभाले आ.व. २०७७÷०७८ को लागि चुक्तापूँजीको १५ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,१८,५६,५१२र( नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले यहि २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्तापूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्तापूँजी रु.४,६४,०४,३१,८७५र(पुगेको छ र वाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्रसहज रुपमा पुग्ने स्थिति छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्यबीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीकानिर्वाह गरिरहने विश्वास कम्पनीको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्