रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा « Arthapath.com
२० माघ २०७९, शुक्रबार

रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा फागुन १२ गतेका लागि बोलाएकोछ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिम वर्ष आर्थिक वर्ष २०७७।७८ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सानिमा लाइफ इन्स्योरेन्स संग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ लगायत अन्य महत्वपुर्ण प्रस्ताव पारित गर्ने छ । साथै, सेयर संरचना हाल संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेकोमा उक्त शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गते एक दिनको लागि बुक क्लोज गनभएको हुदाँ माघ २८ सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्