नेपाल इन्स्योरेन्सको नयाँ अध्यक्षमा लक्ष्मण पौडेल « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

नेपाल इन्स्योरेन्सको नयाँ अध्यक्षमा लक्ष्मण पौडेल



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन् । फागुन १७ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा पौडेललाई सर्वमम्तीबाट चयन गरेको हो ।

यसअघि अध्यक्ष रहेका अजुर्न शर्मा पौडेललाई नेपाल बीमा प्राधिकरणले बर्खास्त गरेको हो । उनी तेस्रो कार्यकालका लागि कम्पनीको अध्यक्ष बनेका थिए । तर, संस्थागत सुशासन विपरित रहेको भन्दै प्राधिकरणले उनलाई बर्खास्त गरेको हो । उनीसंगै संचालक समितिका सदस्य विष्णु कुमार खेतान अग्रवाललाई पनि प्राधिकरणले बर्खास्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्