तपाईको खातामा नेपाल इन्स्योरेन्सको बोनस आयो ? छैन भने यसो गर्नुहोस् « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

तपाईको खातामा नेपाल इन्स्योरेन्सको बोनस आयो ? छैन भने यसो गर्नुहोस्



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको पुष २२ गते सम्पन्न साधारण सभाबाट पारित ८ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । पुष ७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा मात्र बोनस जम्मा गरेको कम्पनीले जनाएको छ ।

साथै, हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले सेयर अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ । सेयर अभौतिकीकरण गराए पछि मात्र बोनस लाभांश दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्