रिलायन्स र सानिमा लाइफले पाए मर्जरमा जान बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

रिलायन्स र सानिमा लाइफले पाए मर्जरमा जान बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति



काठमाडौं । रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले मर्जरमा जानका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल बीमा प्राधिकरणले यी दुवै कम्पनीलाई एक आपसमा मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिएको हो ।

यी दुवै कम्पनीबीच १ः१ को स्वाप रेसियोमा मर्जरमा जान गत असार २९ गते प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीको फागुण १२ गते एकैदिन सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव समेत पारित गरिसकेका छन् ।

मर्जर पश्चात कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कायम हुने छ । सोही नामबाट कम्पनीले जीवन बीमा व्यवसाय गर्नेछ ।

मर्जपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड बढी हुनेछ । हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ र सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख रूपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्