नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा असार १५ गते, के के छन् एजेण्डा « Arthapath.com
२६ जेष्ठ २०८०, शुक्रबार

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा असार १५ गते, के के छन् एजेण्डा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा असार १५ गतेका लागि बोलाएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ असार ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्