राष्ट्रिय बीमा कम्पनीको साधारण सभा आज बस्दैँ « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

राष्ट्रिय बीमा कम्पनीको साधारण सभा आज बस्दैँ



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले वार्षिक साधारण सभा आज (जेठ ३१ गते) बस्दैँ छ । सभा काठमाडौंमा बिहान ११:०० बजेबाट सूरु हुनेछ ।

सभाले राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८/०६९, २०६९/०७० र २०७०/०७१को गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/०७१, २०७१।०७२ र २०७२/०७३को लेखापरीक्षकको प्रतिवेदन प्रस्ताव पारित गर्नेछ ।

सभामा असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ ।

सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८÷६९ देखि २०७२/७३सम्मको नियुक्ति एवं पारिश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ । सभाले सर्वसाधारण शेयरधनीहरुबाट एकजना सञ्चालन चयनका लागि निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनाका लागि कम्पनीले जेठ १६ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको छ । जेठ १४ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्