प्रभु लाइफद्धारा १० दिनमै मृत्यु दाबी भुक्तानी « Arthapath.com
५ असार २०८०, मंगलवार

प्रभु लाइफद्धारा १० दिनमै मृत्यु दाबी भुक्तानी



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनमै मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको १० दिनमै बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–३ की तेतरी देवी मालीको मृत्यू दावी भुक्तानी दिएको हो । मालले बीमा वापत एक किस्ता जम्मा गरेकी थिइन् । एक वर्ष पनि पुग्दै उपचारको क्रममा गत चैत २६ गते मृत्यु भएको थियो । मृत्यु पश्चात उनका श्रीमान सहित परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको कम्पनीले जनाएको छ ।

मृत्यु दावी भुक्तानी कार्यक्रममा सुस्ता गाउँपालिका–३ का वडा अध्यक्ष हरिलाल दुषादले जीवन संकटमा पर्न आउँदा आर्थिक प्रभावलाई न्यूनिकरण गर्ने बीमा आवश्यक रहेको बताए । उनले एक उचित विकल्प जीवन बीमा रहेकोे बताए । यसा साथै जीवन बीमा कम्पनीहरुले यसरी छिटो छरितो रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति नै विश्वास बढ्ने उनको भनाई थियो । प्रभु लाइफले छोटो समयमै दिएको भुक्तानीले सर्वसाधारणमा जीवन बीमा आकर्षित हुने उनले बताए ।

कार्यक्रम कम्पनीको भुमही शाखा प्रमुख संगीता सिंजाली, एजेन्सी म्यानेजर सचिदानन्द माली लगायत स्थानीयको उपस्थितिमा सम्पन्न गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्