सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
६ असार २०८०, बुधबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको) ले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ६ पदको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनियर अफिसर, असिस्टेन्ट म्यानेजर, आईटी, डिजिटल मार्केटिङमा जुनियर अफिसर लगायतका पदहरुमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुको लागि शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र तीन देखि पाँच वर्षसम्म इन्स्योरेन्स वा अन्य संस्थामा काम गरेकोले आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी असार २० गतेभित्र कम्पनीको बेवसाइट https://online .salico.com.np/career मार्फत पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्