एशियन लाईफद्धारा एक करोड दुई लाख मृत्यु दाबी भुक्तानी « Arthapath.com
३१ असार २०८०, आईतवार

एशियन लाईफद्धारा एक करोड दुई लाख मृत्यु दाबी भुक्तानी



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड २ लाख ५६ हजार ५७५ मृत्यु दाबी भुक्तानी दिएको छ ।

बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबी वापतको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी नाथु देवानले वार्षिक ३ लाख ७१ ह्जार ७५० रुपैयाँ बीमा शुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ असार २९ गते दोहोरो बीमांक सुविधा सहित ५० लाख बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए ।

बीमितबाट बीमाशुल्कको दुई किस्ता वापत जम्मा ७ लाख ४३ हजार ५०० सय रुपैयाँ भुक्तानी प्राप्त भएको थियो । बीमालेखको बीमांक वापत ५० लाख रुपैयाँ दोहोरो बीमांक (टु एक्स) वापतको ५० लाख र बोनश रकम समेत १ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्