प्रतिकित्ता ३०० रुपैयाँमा नै हिमालयन लाइफ इन्स्योरेन्सको सेयर किन्ने मौका « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

प्रतिकित्ता ३०० रुपैयाँमा नै हिमालयन लाइफ इन्स्योरेन्सको सेयर किन्ने मौका



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४९ हजार २२८ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ५ गते) ले ३५ दिन भित्र आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्