सगरमाथा लुम्बिनीले डाक्यो साधारण सभा: लाभांश पारित गर्ने, संचालकको पनि निर्वाचन हुने « Arthapath.com
६ चैत्र २०८०, मंगलवार

सगरमाथा लुम्बिनीले डाक्यो साधारण सभा: लाभांश पारित गर्ने, संचालकको पनि निर्वाचन हुने



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत २७ गते वार्षिक साधारण सभा डाकेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । सभामा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित हुनेछ । यस्तै, सभामा कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरि पारित हुने छ । यसका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण हुनेछ ।

सभामा संचालकको निर्वाचन पनि हुनेछ । सभाले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्