२५ प्रतिशत हकप्रद सेयर ल्याउँदै नेको इन्स्योरेन्स, पायो ‘आइआरएन ए प्लस’ रेटिङ « Arthapath.com
७ चैत्र २०८०, बुधबार

२५ प्रतिशत हकप्रद सेयर ल्याउँदै नेको इन्स्योरेन्स, पायो ‘आइआरएन ए प्लस’ रेटिङ



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ‘आइआरएन ए प्लस’ रेटिङ पाएको छ । क्रेडिट रेटिङ नेपाल लिमिटेडले नेकोलाई ‘आइआरएन ए प्लस’ रेटिङ दिएको हो ।

यो रेटिङले वित्तीय दायीत्व समयमै पुरा गर्न पर्याप्त मात्रामा सुरक्षा भएको अवस्थालाई जनाउँछ । नेकोले २५ प्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा छ ।

नेको इन्सुरेन्सको गत असोज १९ गते बसेको विशेष साधारण सभाले पनि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

यता नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट पनि अनुमति पाइसकेको छ । अब नेपाल धितोपत्र बोर्डका निवेदन पेश गर्ने छ । बोर्डको अनुमति पश्चात कम्पनीले हकप्रद सेयर जारी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्