शिखर इन्स्योरेन्सको साधारण सभा बस्दै, संचालकको निर्वाचन हुँदै « Arthapath.com
९ चैत्र २०८०, शुक्रबार

शिखर इन्स्योरेन्सको साधारण सभा बस्दै, संचालकको निर्वाचन हुँदै



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको साधारण सभा आज बस्दै छ । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा हुनेछ ।

यो वर्ष कम्पनीले लाभांश नदिने घोषणा गरेको छ । तर, गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरि पारित हुनेछ ।

सभामा ४ जना संचालक नियुक्तिका लागि निर्वाचन पनि हुने छ । सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्