हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक « Arthapath.com
१२ चैत्र २०८०, सोमबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नयाँ वर्ष २०८१ को वार्षिक भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ।

कम्पनीले प्रकाशन गरेको नयाँ वर्षको क्यालेन्डर एक कार्यक्रम आयोजना गरि विमोचन गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिजय बहादुर शाहले क्यालेन्डर विमोचन गरेका हुन् ।

कम्पनीले हरेक वर्ष आफ्नो ग्राहक तथा कर्मचारीहरुलाई वितरण गर्न भित्ते तथा टेवल क्यालेन्डर प्रकाशित गर्दै आएको छ । आगामी नयाँ वर्षको क्लालेन्डरमा देशको विभिन्न धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलको तस्विरहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्