सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार कित्ता सेयर लिलामी खुल्यो, कति र कसले दिने आवेदन ? « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार कित्ता सेयर लिलामी खुल्यो, कति र कसले दिने आवेदन ?



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले झन्डै तीन लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ।

कम्पनीले चैत १३ गतेदेखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन सक्नेछन् । तर, अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल छ । आवेदन क्यापिटलको कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्