संचयकर्ताको पैसा भनेको बाढ्ने पैसा होइन « Arthapath.com
३० भाद्र २०७६, सोमबार

संचयकर्ताको पैसा भनेको बाढ्ने पैसा होइन



तुलसीप्रसाद गौतम, प्रशासक, कर्मचारी सञ्चय कोष

मैले जहाँ जहाँ काम गरे त्यहाँ नयाँ नयाँ नयाँ परिवर्तनहरु ल्याएँ ।
हामीसंग पेन्सन फण्डको पैसा छ अझै लङट्रम लगानी गर्न सकिन्छ ।


तपाईँ त निजामती सेवाबाट सञ्चय कोषको प्रशासक बन्नुभयो, खासमा याहाँ आएर के के उल्लेख्य काम गर्नुभयो ?
मलाई निजामती सेवासंग जोड्नुपर्ने केही थिएन तर मैले निजामतीमा हुँदा जुन योग्यता दक्षता हासिल हरेँ । त्यो कुरालाई संचय कोषमा प्रयोग गर्न राम्रो अवसर पाएको छु ।


निजामती सेवामा के गर्नुभयो र त्यस्तो उल्लेख्य काम ?
मैले जहाँ जहाँ काम गरे त्यहाँ नयाँ नयाँ नयाँ परिवर्तनहरु ल्याएँ । नयाँ नयाँ प्रणालि बसाउने काम गरेँ । सूचना प्रविधिका क्षेत्रमा नयाँ कार्यन्वयन गर्ने कुराहरुमा मेरो योगदान रह्यो । निजामती किताव खानाको कम्प्युटराइज गर्ने कुरामा म आफै निर्देशक भएर फाष्ट गतिमा काम गराएँ । राष्ट्रिय परिचय पत्र बनाउने बेलामा म त्याहाँको कार्यकारी निर्देशक भएर २ वर्ष त्यसको प्रणालि बनाए । त्यै प्रणालि अनुसार नेशनल आईडि इस्यु भैराखेको छ । म संखुवासभा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा मलाई निर्वाचन आयोगले सरुवा गरेर लग्यो । मतदाता नामावली संकलन सफल बनाउन म गएँ त्यो समयमा १ करोड २६ लाख मतदाता नामावली संकलन गरियो । नेपालमा पहिलोपल्ट पर्यटन विभाग गठन हुँदा पहिलो महानिर्देशक भएर काम गर्ने अवसर पाएँ । भुकम्पको बेलामा सबैभन्दा ठुलो हिमालमा रेस्क्यू र अपरेसन सफल भयो । २ दिनमा वेसक्याममा भएका ३ हजारभन्दा बढीलाई सबैलाई काठमाडौं ल्याउने र घाइतेहरुलायै उपचार गर्ने काम सम्पन्न ग¥यौं । म त्यसपछि योजना आयोकमा काम गरिरहेको थिएँ त्यहीबाट कर्मचारी सञ्चय कोषमा आएँ ।


याहाँ आएरचाँही के के गर्नुभयो ?
कर्मचारी संचय कोषको ओभरल कुराहरु सुधार गर्ने । म आएको १७ महिना पुग्यो कोषको पुर्नसंरचना गरायौं । जनकपुर लगायत केही साखा कार्यलयहरुमा दरवन्दी सृजना भएको थिएन त्यो ग¥यौं । कर्मचारीको दरवन्दी र लागत नबढाई कर्मचारी मिलाउने काम ग¥यौं । अको हाम्रो आइटी स्टम पुरनो छ त्यसलाई आधुकिन कसर िबनाउन सकिन्छ भनेर अध्यायन गरेर यो चालु वर्षमा नयाँ प्रणालिले पुरनोलाई विस्थापन गर्ने भनेर टेन्डरको प्रक्रियामा छों । अर्को हाम्रो कोषमा एकभन्दा बढी खाता भएका विवरण असाध्यै धेरै छ । त्यसलाई घटाउने काम भैरहेको छ । ६ लाख संचयकर्ता मध्ये गतवर्ष २ लाख संचयकर्ताको सबै विवरण डिजिटलाइज ग¥यौं । चालु आवमा बाँकी ४ लाखको पनि डिजिटलमा जैजान्छौं । हाम्रोबाट संचयकर्ताले लिने भनेको विषेस सापटी हो । जम्मा भएको रकमको ८० प्रतिसतसम्म एक पटकमा झिक्न पाइन्छ । ति रकम झिक्न देशभरी हाम्रा १०÷१२ ओटा प्वाइन्टबाट मात्रै सुविधा पुगेका छैनन । केवाइसी र सबै संचयकर्ताको विवरण अपडेट भैसकेपछी संचयकर्ता जहाँ छन त्यहीको बैंकबाट फर्म पठाउने र यहाँबाट स्टमले बैंकको खतामा सापटी रकम निकाल्न सकिने व्यवस्था मिलाउँदै छौं । हाम्रा काउन्टरमा लागेको भिड विस्तारै २÷३ वर्षमा हटिसक्छ । थोरै घर सापटीहरुमा हदातल जानुपर्ने मालपोत जानुपर्ने तमसुक गर्नुपर्ने अवस्थामा बाहेक अरु अवस्थामा कोषमा लाइन लाग्ने झण्झट अन्त्य गर्दै छौं ।
हाम्रौ प्रभावकारी कामको कारणले योगदानमा आधारित पेन्सन प्रणालि संचालन गर्ने अख्तियारी सरकारले हामीलाई दिएको छ । त्यसको अनुमती आएको २ साता पुग्यो स्टम बनाइसक्यो । ३१ ग्ते हाम्रो वार्षिकोत्सव प्रश्चात उहाँहरुको पेन्सन फण्डमा जम्मा हुने रकमलाई डिजिटल्ली स्टममा इन्ट्री गरेर सुरुवात गर्दैछौं । आइटीको क्षेत्रमा रुपान्तरीत भएर कोष अगाडी बढ्दैछ ।
अर्को हाम्रा साखा कार्यलयहरु विराटनगरमा बन्ने क्रममा थियो म आएपछि उद्घाटन गरेर संचालनमा ल्याइहक्यौ । अहिले हाम्रो ४ ओटा आफ्नै प्रादेशीक भवनहरु बन्ने प्रक्रियामा छन । सुर्खेत र कोहल्पुरमा आफ्नै जग्गा छ । त्यहा आधुनिक भवन बन्नको लागी सबै तयारी गरेर नगरपालिकामा नक्साको पर्खाइमा छौं । हेटौंडा र पोखरामा पनि नयाँ कार्यलय बनाउने भनेर टेण्डर सुरु गरेका छौं । जनकपुर बुटवल र धनगढीमा हाम्रो आफ्नो जग्गा छैन त्यहाँ जग्गा किन्ने प्रक्रियामा छौं । अवको ३/४ वर्षमा सबै साखा कार्यालयहरुमा प्रादेशिक कार्यालय आफ्नै भवनमा हुनेछन ।
ठमलेमा रहेको हाम्रो पुराना कागजातहरु सुरक्षित छैनन भनेर हामीले आफ्नै डेटा सेन्टरको प्रक्रिया अगाडी बढिसकेको छ । सबै पुराना डाटाहरुलाई सेन्टर डाटामा डिजिटलाइज गर्नेतर्फ लागेका छौं । ६ लाख संचयकर्ताको एकमुष्ठ बिमा गर्देका छौं । सामान्य रोग लागेका १ लाखसम्म र जटिल रोग लागेका १० लाखसम्मको औषधोपचार गर्न राष्ट्रिय बिमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाएका छौं । हाम्रोमा अहिले निजी कम्पनीहरु पनि कोषमा आवद्ध हुन आइरहेको सन्र्दभमा अहिले सामाजीक सुरक्षा कोषसँग पनि समन्वय गरेर अघि बढ्रदै छौं । हामी सरकारी क्षेत्रको पेन्सन र निजी क्षेत्रको अरु फण्डपनि व्यवस्थापन गर्ने । निजी क्षेत्रका श्रमीकहरु जे संचय कोषमा आवद्ध छैनन उनिहरुलाई कोषको दायरामा ल्याउने काम सामाजकि सुरक्षा कोषको हुनेछ । हामीले उनिहरुलाई के अफर गरेका छौं भने तपाँईहरुको फण्ड मोभिलाइजेसन गरेर अर संचयकर्तालाई दिएको सुविधा बरावर दिन हामी तयार छौं भनेर सामाजिक सुरक्षा कोषलाई भनेका छौं । म आइकन तिनै तहको सरकारसँग कोषको समन्वय राम्रो ढंगले गरेका छौं ।
मैले जहाँ बस्दा पनि परिवर्तनको लागी काम गरेँ । इमान्दारीतापुर्वक काम गरेँ जुन कुरा याहाँ पनि लागु गरिरहेको छु ।


संचय कोषको ठुलो पुँजी भएर पनि पुर्वाधारमा खासै लगानी गर्न नसकेको आरोप छ नि ?
संचय कोषको सबैभन्दा महत्वपुर्ण कुरा के हो भन्दा संचयकर्ताको आवश्यकता पुरा गर्ने हो । २ सय ५० अर्वको ५८ प्रतिसत रकम संचयकर्तामै लगानी गरेका छौं । ३५ हजारभन्दा बढी संचयकर्ताले हामीले दिएको पैसाले घर बनाएका छन । हाम्रो मेजर लगानीबाटै ७ सय २० मेगावार्ड विजुली आगामी एक डेढ् वर्षमै निकाल्दै छौं । ३० अर्वभन्दा बढी लगानी छ यी जलविद्युत आयोजनामा । जहाँ जहाँ सरकारले यो क्षेत्रमा जाउ भनेको छ जहाँ राष्ट्रको लागी खाँचो छ त्यो त्यो क्षेत्रमा संचय कोष गएको छ । नेपाल आयल निगम समस्यामा परेको बेलामा हामीले लगानी ग¥यौं आयल निगम अहिले सुरक्षित अवस्थामा पुगेर हाम्रो सबै पैसा ति¥यो । नेपाल एयरलाइन्सका ४ ओटा प्लेन छन विदेश उड्ने त्यसमध्ये ३ ओटामा संचयकोषले लगानी गरेको छ । उहाँहरुले राम्रो गर्नुप¥यो हामीले सरकारको अनुरोधको आधारमा लगानी गरेका हौं । होङ्सि देशको सबैभनदा ठुलो सिमेन्ट उद्योग हो त्यहाँ हामीले नयाँ लगानी गरेका छौं । देशमा ठुला बैंकहरुमा हाम्रो लगानी छ । त्यो लगानीले अप्रतक्ष रुपमा पुर्वाधारमा नै गएको छ नि ।


अव कुनै देखिने पुर्वाधारमा लगानी गर्ने प्लान छ ?
राम्रो प्रोजेक्ट आयोभने हामी खुल्ला छौं । ठुल्ठुला होटलहरु अरु राम्रा पुर्वाधारमा लगानी गछौं । हाम्रा संचयकर्ताको पैसा भनेको बाढ्ने पैसा होइन । हामी मुद्रा स्फिती भन्दा माथिल्लो दरमा रिटन दिनुपर्छ भन्ने हाम्रो प्रतिवद्धता छ । ८÷९ प्रतिसतभन्दा भन्दा कम रिर्टन हुने ठाउँमा हामी जाँदैनौं । हामी यो रेटको रिर्टन आउनेठाउँ छ भने निजी सरकारी तिनै तहका सरकारसँग मिलेर काम गर्न तयार छौं ।


पछिल्लो समय विभिन्न बैंकको सेयरमा लगानी गरेको देखियो किन यता लगानी बढाएको ?
यो समयको पनि आवश्यकता हो । अहिले बैंकहरुमा लगानीयोग्य रकमको अभाव छ । सेयरमा लगानी बढेको देखिएको कारण हामीसंग एभ्रेजमा ४ प्रतिसतमात्रैमा १३÷१४ अर्वको विकास ऋणपत्र किनेका थियौं । त्यो विकास ऋणपत्र बेच्यौं । हामीले ५ वर्षको लागी बैंकहरुको ऋणपत्रमा त्यो पैसा लगानी गरेका छौं । बार्षिक ७० करोड कोषको थप कमाइ भएको छ ।


सेयरमा लगानी अझै थप्ने प्लान छ ?
हामी त देशको अर्थतन्त्रको लागी कसरी पोजेटिभ ड्राइभमा लैजाने भन्ने हो । पुँजी बजार राम्रो क्षेत्र हो हामी त्यसमा लगानी बढाउँछौं ।


सेयर किन्दा अफ डिल गरेर विचमा कमिसन खाने गरेको आरोप छ नि ?

मलाई यस्तो कुरा कसैले भनेको छैन । यो कुरा सरासर गलत हो । हाम्रो कल्पनामा पनि छैन । खुल्ला बजारमा प्रतिस्पष्र्धा गरे किन्छौं । हालै राष्ट्र बैंकले बेचेको नेप्सेको सेयर मुल्य न्युनतम १ हजार ३२ थियो हामीले त्यै मुल्यमा १० प्रतिसत सेयर किन्यौं । अरु २ ओटा निजी बैंकले एउटाले ११ सय हाल्यो एउटाले १३ सय हालेर किन्यो । हामी त पारदर्शी भएर किनेका छौं । हामीले किनेकाम नोक्सान छैन ।


संचय कोषले लिड गरेका आयोजनाहरु कहाँ पुग्यो ?
केही ढिलाई भयो अव द्रुत गतिमा काम भैरहेको छ । अपर तामाकोषी साञ्जेन रसुवागढी मध्येभोटेकोषी ४ ओटा प्रजेक्ट मुख्य लगानीका हुन । अव आउने २ वर्षमा यी ४ ओटै प्रोजेक्टबाट ७ सय २६ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा थपिन्छ ।


वेतन कर्णाली के हुँदैछ ?

हामी बनाउँछौं, त्यसको डिपिआर अन्तिम चरणमा पुगेको छ ।


वायुसेवा निगमलाई दिएको ऋण डुव्ने आसंका छ भनिन्छ, सरकारले सावाँमात्र ग्यारेन्टी गरेको भन्न्छि नि ?
गलत हो, सरकारले व्याज पनि ग्यारेन्टी गरेको छ । हामीलाई ठुव्छ जस्तो लाग्दैन सही सरामत प्लेन छ । प्लेन खरीद कसरी भयो त्यसमा हामी इन्भल्व भएका छैनौं । नेपाल सरकारको ग्यारेन्टी र वायुसेवा निगमको विजनेश प्लान अनुसार पैसा दिएका हौं । नेपाल एयरलाएन्सको सबै प्लेन धितो राखेर कर्जा दिएका छौं । एकाध वर्ष ढिला भएपनि रिर्टन आउँछ ।


संचय कोषको रकम ठुला पुर्वाधारमा लगानी हुन सेकनन् हैन ?
जहाँ साच्चिकै आवश्यकता छ त्यहाँ हामी जान्छौं । हाम्रो भन्दा सरलमा बैदेशिक लगानी आयो र पुर्वाधार बन्यो भने मुलुकको लागी राम्रो कुरा हो । फाष्ट ट्रकको त अझै फाइनान्सीङ फाइनल भएको छैन । हामीसंग पेन्सन फण्डको पैसा छ अझै लङट्रम लगानी गर्न सकिन्छ । संचय कोष अझै पुर्वाधारमा लगानी गर्न संक्षम छ ।


तपाँईलाई प्रधानमन्त्रीको निकट मान्छे भन्छन, प्रमको निकटताले नितीगत निर्णयमा सहजता होला नि हैन ?
मेरो पेसाको हिसावले मैले २८ वर्ष नेपाल सरकारको काम गरेँ । जुनदिन सरकारको सेवामा प्रवेस गरे र अहिले संचय कोषमा छु मेरो निकटता भनेको समकालिन सरकारसँग हुन्छ । केपी ओलीको ठाउँमा प्रचण्ड देउवा अरु आएपनि उहाँहरुका सरकारले लिएका नितीहरुमा संस्थागत निर्णयमा सहजता ल्याउँछु । अहिलेसम्म करिव २ दर्जन मन्त्रीसँग काम गरेँ । ४० जना सचिवसंग काम गरेँ । सबै ठाउँमा प्रोफेसनल्ली काम गरेपछि कसैसँग पनि अफ्टेरो महसुस गर्नु पर्दैन । अहिले पनि सजिलै छ


प्रतिक्रिया दिनुहोस्