२ पटक कर्जाको व्याज घटार्यौं, खोइ त स्यावासी पाएको ? « Arthapath.com
३ माघ २०७६, शुक्रबार

२ पटक कर्जाको व्याज घटार्यौं, खोइ त स्यावासी पाएको ?



अनिल उपाध्याय, सिईओ, कृषि विकास बैंक लि.

किन जित्नुपर्यो, जितेर एउटा टुप्पोमा पुगेर थाकेर बस्ने ?

तपाँई सिईओ भएर आएको १ वर्ष पुग्यो यो अवधीमा के के गर्नुभयो ?

गत पुसमै म नियुक्ती भएको १ वर्ष पुग्यो । हिजोका दिनमा सञ्चार माध्यामबाट पनि थाहा पाउनुभयो होला । कृषि विकास बैंककले आफ्नो पोर्टफोलियोलाई कसरी बढाउँदै लग्यो । शुसासनका कुराहरु कसरी ग¥यो भन्ने कुराहरु छन । म आएको लगत्यै एजिएम गरेँ । त्यसपछि बोर्डको निर्वाचन भयो । त्यस अघि १५ प्रतिसत डिभिडेन्ट दिएका थियौं भने म आएपछि २० प्रतिसत प्लसको डिभिडेन्ट दियौं । गत आवको नाफाबाट हालै ३० प्रतिसत डिभिडेन्ट बाढ्न सफल भयौं । यो आवको पनि अडिट सकाएर पुस मसान्तभित्र गत आवको पनि एजिएम ग¥यौं । एनपिए घटाएर ३ प्रतिसतभन्दा तल राख्न सफल भयौं । नाफामा वित्तिय क्षेत्रमै दोस्रो स्थान कायम गर्न सफल भयौं । तरलतामा राम्रो सुधार ग¥यौं । कर्जामा केही व्याज घटायौं । गत वर्ष कृषि क्षेत्रमा लगानी ४ अर्व थप्न सफल भयौं । यसवर्ष हामीले १ अर्व प्लस कृषि कर्जा दिइसकेका छौं । डिजिटल पद्धतिमा फड्को मारेका छौं । सय रुपैंयाको खोलौ खाता अभियानमा नै ४४ हजार खाता खोल्न सफल भयौं । त्यस खाताबाटै ३८ करोड पैसा जम्मा भएको छ ।

लाभांस २० प्रतिसत भन्दा बढीको दिनुभयो, यो दर आगामी वर्षपनि कायमै राख्न सकिन्छ कि घट्छ ?
अहिले हामीले प्रस्ताव अझै बढी दिनेगरी गरेका छौं । साधारणसभाले पास गरेमा पोहोरको भन्दा माथी नै लाभांस दिने प्रस्ताव गरेका छौं । साधारणसभाले पास गरेपछि मात्रै सर्वसाधारणले थाहा पाउने अवस्था रहन्छ । कृषि विकास बैंकको पुँजीको संरचना र हाम्रो रिर्टन अर्निङको अवस्थालाई हेर्ने हो भने २÷४ वर्ष लाभांस घट्छ जस्तो मलाई लाग्दैन । व्यवसाय बृद्धि भैरहेको छ पोर्टफोलियो बढीरहेको छ भने नाफालेनै कोषलाई बढाउनेछ । गत क्वाटरमा पनि राम्रो नाफा गर्न सफल भएका छौं भने यो आवामा पनि राम्रो नै हुन्छ ।

कृषि विकास बैंकमा ४ ओटा कर्मचारी युनियन छ । युनियनको कारण कमा गर्न गाह्रो भएको छैन ?
कृषि विकास बैंकको ट्रेड युनियन व्यावसायीक छ । उहाँहरुले आफ्ना आवश्यकतालाई माग राख्नु राम्रो लाग्छ । समय सापेक्ष सुविधाका कुरा राख्नु राम्रो हो । संचालक समित व्यवस्थापन ले बैंकको क्षमताले भ्याएसम्म कर्मचारीको बृति र विकासका लागी सहयोग गर्छ । युनियनले बैंकको व्यवसायलाई हानी हुनेगरी कुनै काम गर्नुभएको छैन । कतिपय बैंकमा कर्मचारीका माग संबन्धमा मुद्धा परेका छन । हाम्रो बैंकको पनि थियो तर उहाँहरुले बेंकको हितमा मुद्धा फिर्ता लिनुभयो । बैंकलाई नोक्सान हुने मुद्धामा कर्मचारी युनियन लागेको छैन । उहाँहरुलाई माया गर्ने बैंक व्यवस्थापन संचालक समितले हो गरिरहेको छ । कुनै बेला ५/६ हजार कर्मचारी थियो यो बैंकमा । कुनै बेला कर्मचारी ओभरका जर्जर समस्या थिए । गत वर्ष मात्रै २३ सय कर्मचारी थिए अहिले २ हजारमा झरेका छन ।
व्यवस्थापनाई कामगर्न सहजताको लागी एउटा आधिकारीक युनियन भए सहज हुन्छ हैन र ?

अहिले कर्मचारी युनियन संकुचन भएर २ ओटामा आएका छन । त्यो पनि समय आएपछि एउटामात्रै हुन्छ । व्यवसायीक युनियन भनेको यही हो ।

कृषि किवास बैंकमा कर्मचारीबाटै भएका ठगीका घट्ना धेरै आइरहेका छन । यस्तो किन भैरहेको छ ?
यसलाई २/३ चरणबाट विश्लेशण गर्नुपर्छ । हामी हिजोका दिनमा विकास बैंक थियौं । त्यसबेला जागिर खनोको पद्धती नै गलत थियो । हिजोका दिनमा धेरै साखा थिए । पहिले म्यानुअल प्रवृति थियो । हामीकहाँ काम गर्ने कर्मचारी बढी फिण्डमा हिड्नुपर्छ । फिण्डमा हुँदा कर्मचारीविचमा गोपनियता भंग हुने लार्पवाही बढि हुने हुनाले बेला बेलामा ठगीका घट्ना नभएका हैनन । हामीले ति घट्नालाई समयमै कार्रवाही गरेका छौं । केही समसय अगाडीको घट्नामा पनि तत्कालै कर्मचारी पक्राउ गर्न सफल भयौं ।

ठगि भएका पैसा उठाउने प्रक्रिया के भइरहेको छ ?
केही पैसा हामीले प्रहरी मार्फत अनस्पोर्ट पैसा समात्न सफल भयौं । त्यो बाहेक पनि बाँकी पैसा तिनै कर्मचारीको नाममा कर्जामा परिणत गरेका छौं । बिमा छ, कर्मचारीको सम्पती रोक्का गरेका छौं । अदालतमा प्रक्रिया सुरु भएको छ । व्यक्तिहरु समातिएका छन । कर्मचारी कार्रवाहीको घेरामा छन ।

यस बैंकमा सरकारको अग्राधिकार सेयर छ यसलाई डाइलुड गर्ने प्रोसेस काहाँ पुग्यो । सरकारलाई फिर्ता गर्ने वा क्यापिटलमा हाल्ने ?
त्यो त सरकारको योजना आएपछि हामी जे गर्नुपर्ने हो गर्छौ । हामीलाई सरकारको यो फण्डले कारोवार गर्न सहज भएको छ भने राख्न चाहन्छौं । सरकारले फिर्ता मागेमा दिन्छौं नत्र सरकारलाई व्याज दिएका छौं चलाइरहेका छौं ।

कृषि विकास बैंकले अरु बैंकको तुलनामा किसानसँग बढी व्याज लिएको आरोप छ नि ?
एउटै रेट त संसारमा कहीँ पनि हुँदैन । अरु कुन बैंकको सस्तो छ भन्नोस त मलाई । राष्ट्रिय बाणिज्य बैंकको अलि सस्तो हो त्यो सरकारको पैसा हो पव्लिकको होइन । उहाँहरुको लागतनै छैन । हाम्रो सतप्रतिसत लागत छ । बाणिज्य बैंक छोडेर अरु बैंकभन्दा बाहेक अरु बैंक भन्दा त बढी छैन । सस्तो पैसा भए सस्तो व्याजमै कर्जा दिन सकिन्थ्यो । राष्ट्र बैंककले यती बेस रेटमा काम गर भनेपछि त्यै अनुसार गरेका छौं ।

सरकारी बैंक भएर पनि सरकारको कारोवार लिन सकेको छैन नि ?
पहिले सेन्ट्रेल ट्रेजरी स्टममा पहिलेदेखी नेपाल बैंक र वाणिज्य बैंकले गर्दै आएका थिए । हामीले सरकारी कारोवार नलिएको होइन स्थानिय रुपमा कतिपय ठाउँमा छन । सरकारी कारोवारमा पहुँच पुगेको छैनौं । राष्ट्र बैंकमा प्रस्ताव गरेका छौं सरकारले सहयोग गर्नुपर्छ ।

सरकारले बैंक मर्जरमा लैजान खोजेको छ । बैंककको संख्या धेरै भयो भनिरहेको छ । सरकारले ३ ओटा बैंक किन चलाउने ?
हामीले त संचालक समितिले दिएको म्याण्डेट अनुसार चलाउने हो । सरकारको बहुमत छ भने सरकाले ठिसिजन दिनुप¥यो त्यसपछि मर्जमा गइहाल्छौं । सरकारले गरेको निर्णय विरुद्ध जानसक्ने अवस्थानै हुँदैन । अहलिे अरु बैंकको पुँजी भन्दा हाम्रो बढी छ । मर्ज गर्ने अवस्थामा पनि स्कोप बढाउनुप¥यो र मर्ज गर्ने संस्थाको नेचर पनि मिल्नुप¥यो । हाम्रो बेंकको ८५ प्रतिसत साना तथा लघुकर्जा छन । त्यो पनि दशलाख भन्दा कमको कर्जा छ । एक्लै जाने क्षमता कृषि विकास बैंक राख्छ ।
यो बैंकमा सरकारको ५१ प्रतिसत सेयर छ । सरकारको हस्तक्षेप बढी भएको हो ?
हाम्रो हरेका निर्णय बोर्डले गर्छ के ढिला सुस्ती हुनु र । मेरो नियुक्ती संचालक समितिबाट भएको हो । फाइल पनि बोर्डले गर्छ । यस बैंकको बोर्ड स्वायत्त छ । सरकारकार केही कार्यक्रम योजना हामीबाट अपेक्षा राख्नु राम्रो हो ।

कृषि किास बैंकको समस्या भनेको पुराना कर्मचारी नै हो ?
त्यो अव करिव करिव समाप्त भैसकेको छ । १/२ पटक कर्मचारी नयाँ लिएपछि पुराना कर्मचारीको चरण सकिन्छ । अहिलेनै धेरै नयाँ योङ कर्मचारी आइसकेका छन । थोरै जनशक्तिले पनि धेरै विजनेश र नाफा बढाउन सकेका छौं । यो राम्रो पक्ष ।

आगामी योजना के छ ?
अव डिजिटलाइजेसनमा जाने प्लान छ । धेरैजसो आधुनिक प्रविधीमा गइसकेका छौं । कृषिसंग संबन्धीत क्षेत्रको विकासमा जोड दिने हो । कृषिमा ५ सय जनशक्ती छ तिनलाई मोभिलाइज गर्ने । स्टम र पोलिसीलाई विषिष्टीकृत रुपमा लैजाने । हाइड्रोदेखी पर्यटनसम्म लगानी विभिधिकरण गर्दै आएका छौं । अहिले सफल पर्यटन कर्जा भनेर २० लाखसम्मको होमस्टे कर्जा ल्याएका छौं । होमस्टे एसोसियसनसँग सम्झौता गरेर लागिसकेका छौं । ५ सय महिलालाई सहुलियत सरल कर्जा दिने भनेर अभियान अगाडी बढाएका छौं । बैंकिङ विजनेश भनेको सधैं अवसरसँग लड्ने हो । नयाँ निक्षेप योजनाहरु ल्याउँछौं । देशै ढाक्ने त कृषि बैंकले हौयन तर योजना लक्ष्य अनुसार काम गछौं ।

कृषि बैंक अरु बैंक जस्तो एग्रसिभ देखिदैन नि ?
मेरो पोर्टफोलियोमा सन्तुष्ट छु । देखिने कुरा भन्दा पनि गरिने कुरा हुनुपर्छ । विषेसज्ञ सेवामा फोकस गरेर जाने हो । यो बैंकले समयसापेक्ष सेवा दिएको छ । गतवर्षनै हामीले २ पटक कर्जाको व्याज घटाएर समायोजन ग¥यौं खोइ त मिडियाबाट स्यावासी पाएको ? गत वर्ष बचतमा साँढे ६ प्रतिसत व्याज दिएका थियौं अरुले त दिएका छैनन नि ? म आउको १ वर्ष भयो १५ अर्व निक्षेप बढेको छ । १० अर्वभन्दा बढी कर्जा बढेको छ । तथ्याङ आफै बोलेको छ । सरकारको खोलौ खाता अभियानमा ४४ हजार खाता खोलेका छौं । यो हो नि परिवर्तन । ब्राण्डिङ यही हो । प्रतिस्प्रर्धा भनेको जित्नुपर्छ भन्ने होइन पुग्नुपर्छ भन्ने सोच राख्नुपर्छ । किन जित्नुप¥यो, जितेर एउटा टेपमा पुगेर थाकेर बस्ने ?

एग्रसिभ जाँदैन कृषि बैंक ?
मेरो लक्ष्यमा म एग्रसिभ छु । कृषिमा हामीलाई जित्न सकेको छ कुनै बैंकले ? अहिलेको पोर्टफोलियोलाई ३/४ प्रतिसत बढाएँ भने अझै राम्रो हुन्छ नि ।


प्रतिक्रिया दिनुहोस्