निषेधाज्ञा थप कडा बन्छ : काडमाडौं सिडिओ दाहाल, निषेधाज्ञाले उपत्यकामा कोरोना नियन्त्रणमा नआएको प्रशासनको निष्कर्ष « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

निषेधाज्ञा थप कडा बन्छ : काडमाडौं सिडिओ दाहाल, निषेधाज्ञाले उपत्यकामा कोरोना नियन्त्रणमा नआएको प्रशासनको निष्कर्ष



काठमाडौं । आज काठमाडौंमा निषेधाज्ञा जारी भएको छैठौं दिन भएको छ । स्थानिय प्रशासनले कोरोना नियन्त्रणको लागी निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञालाई अझै कडा बनाएर कोरोना नियन्त्रण बारे रणनिती बनाउने ३ सिडिओको बैठक बस्न लागेको काठमाडौंका सिडियो जनकराज दाहालले बताए ।

निषेधाज्ञाको समयमा पनि कोरोना नियन्त्रणमा नआएको भन्दै आज फेरी तिनै जिल्लाका सिडियोहरुको मिटिङ बोलाइएको छ । काठमाडौंमा दिनानुदिन कोरोना संक्रमित बढ्दै जाँदा हिजो सोमबार उपत्यका मेयर फोरमले थप ५ दिन निषेधाज्ञा जारी राख्न आग्रह गरेका थिए ।

मंगलबार उपत्यकाका ३ सिडियोहरुको बैठकले थप ५ दिन निषेधाज्ञा थप्न सक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहलले बताए । आज ४ बजे बस्ने बैठकले उपत्यका मेयर फोरम, तिनै जिल्लाका सिसिएमसीको निर्णय तथा सुझावबारे पनि छलफल हुन लागेको दाहाले बताए ।

निषेधाज्ञाको समयमा पनि दिनानुदिन कोरोना संक्रमित बढ्दै जानुले थप कडा गर्नुपर्ने अवस्था आएको सिसिडयो दाहालले बताए । स्थानिय प्रशासनले निषेधाज्ञाले सोचेजति कोरोना संक्रमण न्युनिकरण हुन नसकेको निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया दिनुहोस्