कोरोनाको उपचारमा सरकारले हात झिक्यो, अव परिक्षण र उपचार बीमा कम्पनीबाट गराउन आग्रह « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

कोरोनाको उपचारमा सरकारले हात झिक्यो, अव परिक्षण र उपचार बीमा कम्पनीबाट गराउन आग्रह



काठमाडौं । सरकारले कोरोनाको परिक्षण तथा उपचार नगर्ने भएको छ । सरकारले थेग्न नसक्नेगरी कोरोना संक्रमितको संख्या थपिन थालेपछि सरकार पछि हटेको हो ।

अव कोरोना पोजेटिभ भएकालाई सरकारले आफ्नै खर्चमा उपचार गराउन आग्रह गरेको छ । सरकारले आर्थिकरुपमा कमजोर, अशक्त, असहाय नागरिक, एकल महिला, अति अपाङ्ग, जेष्ठ नागरिकको भने निशुल्क उपचार गर्ने जनाएको छ ।

सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको भने निशुल्क उपचार हुने स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय सरकारले गरेको छ ।

सर्वसाधारणको भने जसले बीमा गरेको छ बीमाबाट कोरोना परिक्षण र उपचार गराउन आग्रह गरेको छ । बीमा कम्पनीहरुले कोरोना पोजेटिभ देखिनेवित्तिबै पाउनेगरी १ लाख र ५० हजारको बीमा गराउँदै आएका थिए ।

तर कोरोनाको संक्रमितको संख्या थपिँदै गएपछि बीमा समितिले बीमा गरेको नागरीक संक्रमित भएमा पोजेटिभ हुनेले २५ हजार र अस्पतालमा उपचार गर्नुपरेमा ७५ प्रतिसत व्यहोर्ने निर्णय गरेको थियो । आजैदेखी सिरकारी अस्पतालले कोरोनाको संक्रमितको उपचार शुल्क लिनेछ ।


प्रतिक्रिया दिनुहोस्