कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार



कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् ।

करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए । वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उनलाई नलागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।रासस


प्रतिक्रिया दिनुहोस्