६ वटा नीजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति « Arthapath.com
२९ असार २०७७, सोमबार

६ वटा नीजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति



काठमाडौं । काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोशालाले सरकारबाट कोरोना भाइरस कोभिड १९ को पीसीआर विधिबाट जाँच गर्ने अनुमति प्राप्त गरेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएल, टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव सीडीएल र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएका छन ।


उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।


मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन


प्रतिक्रिया दिनुहोस्