सिटिजन्स बैंकको घर कर्जा ९.५०% ब्याजदरमै « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

सिटिजन्स बैंकको घर कर्जा ९.५०% ब्याजदरमै



काठमाडौं । सिटिजन्स बैंकको घर कर्जा तथा एसएमई कर्जा ९.५० प्रतिसतमै उपलब्ध गराउन लागेको हो । सिटिजन्स बैंकले ग्राहकहरुलाई लक्षित गर्दै ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ ।

यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०% वार्षिक ब्याजदरमा नै जग्गा÷घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्ने बैंककले जनाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज बनाउने उद्देश्यले बैंकले यो योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरुलाई नि ःशुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ । छोटो समयावधिको लागि ल्याईएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको शााखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९% वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ । सो को लागि आवश्यक तयारी गरिसकिएको कुरा बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्