केरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई कस्तो छ व्यवस्था ? « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

केरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई कस्तो छ व्यवस्था ?



काठमाडौं । नोवेल कोरोना भाइरस कोभिड १९ का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताएका छन ।

उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने हुते परिक्षा तालीकामा उल्लेख गरिएको छ ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्