मन्त्रीपरिषदले खोस्यो माओवादी कोटाका गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख, पौडेल र यादव आजै नियुक्त « Arthapath.com
२० बैशाख २०७८, सोमबार

मन्त्रीपरिषदले खोस्यो माओवादी कोटाका गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख, पौडेल र यादव आजै नियुक्त



काठमाडौं । सरकारले यसअघि माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखको जागिर खोसेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले २ प्रदेश प्रमुखको जागिर खोसेको छ । मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख रहेका अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेको छ । त्यसैगरी नयाँ प्रदेश प्रमुखमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।

नवनियुक्त प्रदेश प्रमुखहरुको आजै राष्ट्रपतिसमक्ष सपथ ग्रहणको तयारी भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्