एमालेमा माधवपक्षमाथी कारवाही सुरु, बादललाई भोट नदिने १४ प्रदेस सांसदलाई २४ घण्टे स्पष्टिकरण « Arthapath.com
८ जेष्ठ २०७८, शनिबार

एमालेमा माधवपक्षमाथी कारवाही सुरु, बादललाई भोट नदिने १४ प्रदेस सांसदलाई २४ घण्टे स्पष्टिकरण



काठमाडौं । नेकपा एमाले संस्थापन पक्षले बरिष्ठ नेता माधव नेपाल पक्षमाथी कारवाही सुरु गरेको छ । गत जेठ ६ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार रामबहादुर थापा बादललाई मतदान नगर्ने प्रदेशसभा सदस्यहरुलाई २४ घण्टे स्पष्टिकरण सोथिएको छ ।

एमालेको तर्फबाट आधिकारीक उम्मेदवार रहेका निवर्तमान गृहमन्त्री राम बहादुर थापा बादललाई मत नदिने १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टिकरण सोधिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले १४ जना सांसदलाई पार्टीका आधिकारीक उम्मेदवारलाई किन मत नदिएको भनेर स्पष्टिकरण सोधेको हो ।

को–को छन ?
अष्टलक्ष्मी शाक्य
राजेन्द्र पाण्डे
अरुण नेपाल
बशन्त मानन्धर
रचना खड्का
कृष्ण प्रसाद शर्मा
शान्ति पौडेल
मुनु सिग्देल
इन्द्रमायाँ गुरुङ
मीना ज्ञवाली
बसुन्धारा हुमागाई
लक्ष्मण लम्साल
कुषुम कार्की
पार्वती शिलवाल

Tags :

प्रतिक्रिया दिनुहोस्