उपराष्ट्रपति दुई घण्टा नर्भिकमा अस्पतालमा « Arthapath.com
१० असार २०७९, शुक्रबार

उपराष्ट्रपति दुई घण्टा नर्भिकमा अस्पतालमा



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल आएका छन् ।

दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल आएका हुन् ।

अस्पताल आएर उजले नियमित स्वास्थ्य जाँच गराएका थिए । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए ।

उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उहाँको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्