राष्ट्रिय योजना आयोगको सचिव भण्डारीको सरुवा, कामू सचिव बने दाहाल « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

राष्ट्रिय योजना आयोगको सचिव भण्डारीको सरुवा, कामू सचिव बने दाहाल



काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीको सरुवा भएको छ । मन्त्रिपरिषद बैठकले भण्डारीको गत २४ गते सरुवा गर्ने निर्णय गरेको थियो । करिब ४० महिना आयोगको सचिवको रुपमा काम गरेर भण्डारी सोमबार बिदा भएका छन् ।

लामो समय आयोगमै बिताएका सचिव भण्डारी आगामी चैतमा सेवा निवृत्त हुँदैछन् । सचिव भण्डारीको सरुवा भएपछि निमित्त सचिवको जिम्मेवारी आयोगका सहसचिव सुमन दाहालले पाएका छन् । आयोग सरुवा भइसकेका डा. तोया ज्ञवाली भने आइसकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्