नेपालमा कृषि औजार कारखाना व्युताउन महाविर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्र मर्मत सम्भार « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

नेपालमा कृषि औजार कारखाना व्युताउन महाविर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्र मर्मत सम्भार



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै उत्पादन हुने कृषि सामाग्रीमा मात्रै महसुल वृद्धि गरिएको बताएका छन् ।

बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिँदै डा. महतले भने, “कोदालो,बेल्चा,गैंती जस्ता फलामजन्य वस्तु तयार गर्न आवश्यक फलामको आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्ने तर सो बाट तयारहुने वस्तुमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्थाका कारण यस्ता सामान्यवस्तु उत्पादन गर्ने स्वदेशी उद्योग आयातित वस्तु संग प्रतिस्पर्धा गर्न नसकि धरासायी भएको देखिएकाले स्वदेशी उद्योगको प्रवर्द्धधन र संरक्षणको लागी स्वदेशमै तयार हुने यस्ता सामान्य वस्तुमा लाग्ने भन्सार महसुल दर वृद्धि गरिएको हो।”

नेपालमा कृषि औजार कारखाना व्युताउन महाविर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले मर्मत सम्भार गरिरहेको छ । निजी क्षेत्रबाट पनि यस्ता उद्योग सञ्चालनमा छन् । ती उद्योग संरक्षण गर्नको लागि सरकारले आयातित केही कृषि औजारमा महसुल वृद्धि गरेको डा। महतले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्