नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ समितिको निर्देशन, उच्चस्तरीय बैठक बस्दै « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ समितिको निर्देशन, उच्चस्तरीय बैठक बस्दै



काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्न निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले बजारमा विस्तृत अध्ययन गरि अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको स्थापना सम्वन्धी कामकारबाहीलाई अगाडी नबढाउन अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको हो ।

सोही बैठकले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गरिएको सम्वन्धमा न्युनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरि निष्कर्षमा नपुगेसम्म लाइसेन्स सम्वन्धी सम्पूर्ण प्रक्रिया तत्कालका स्थगन गर्न निर्देशन दिएको हो । बोर्डले हाल १८ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिनएको दिएको थियो ।

समितिले आगामी बैठकमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डको पदाधिकारीहरुसंग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको विषयमा विस्तृत छलफल गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्