इप्पानको उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध, महिला सदस्यमा पनि ३ जना सर्वसम्मत « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

इप्पानको उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध, महिला सदस्यमा पनि ३ जना सर्वसम्मत



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध निर्वाचित भएका छन् ।

हालसम्म महिला सदस्यमा तीन जना निर्विरोध चयन भएका छन् । महिला सदस्यमा इशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

इप्पानमा नयाँ कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ । अध्यक्षमा २ जना, वरिष्ठा उपाध्यक्षमा २ जना, महासचिवमा २ जना र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । नयाँ कार्यसमितिको खुल्ला सदस्यमा भने १४ जनाले उम्मेदवारी दिएका छन् ।

इप्पानको कार्यसमिति २५ सदस्यीय हुने व्यवस्था छ । अध्यक्षमा गणेश कार्की र किरण मल्लको उम्मेदवारी दिएका छन् । महासचिवमा बलराम खतिवडा र विनोड देवकोटाले उम्मेदवारी दिएका छन् । इप्पानको निर्वाचन भने आगामी बिहीबार हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्